लामो समयदेखि बचत गरेको रकम फिर्ता नपाएपछि सहकारी पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । पसिना बगाएर वर्षौंसम्म सेवा गरेर जम्मा गरेको रकम सहकारी सञ्चालकहरूले अपचलन गरी फरार भएपछि बचतकर्ताहरू आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । आन्दोलनका क्रममा विभिन्न ठाउँबाट आएका पीडितहरूले आफ्नो पीडा सुनाउँदै राज्यले तत्काल सुनुवाइ नगरे आन्दोलन थप भयावह हुने चेतावनी दिए