कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

  • सोमबार ११ साउन २०८३ ०३:२९ PM
विराटनगर । सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुनसरीमा अहिले सर्वदलीय बैठक जारी रहेको छ । बैठक जारी रहेको र घटनाका  सम्बन्धमा अनुसन्धान जारी रहेकाले  सबैलाई संयमता अपनाउन आग्रह गरिएको सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले बताए । गएराति गाउँमा दुई समूहबीचको विवादले उग्ररुप लिएपछि प्रहरीले संयमता अपनाई शान्त तुल्याउन प्रयास गरिरहेको उनले जानकारी दिए ।  घटनामा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारको क्रममा निधन भएको र अहिले त्यस क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।