एजेन्सी– भारतमा चर्किएको विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग गर्ने क्रममा सुरक्षाकर्मीले अत्याधुनिक एके–४७ राइफलबाट गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बिहार राज्यको सिवानमा भएको प्रदर्शनका सहभागीलाई लक्षित गरी प्रहरीले एके–४७ बाट गोली चलाएको भिडियो सञ्जालमा फैलिएपछि सरकारको व्यापक आलोचना भएको छ । विपक्षी र अधिकारकर्मीहरुले घटनामा संलग्न प्रहरी अधिकारीहरुमाथि कारबाहीको माग गरेका