लुम्बिनी । प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गर्दै आएका अग्रज पत्रकार ज्ञवालीको उपचारको क्रममा गएराति काठमाडौँमा निधन भएको छोरा सागर ज्ञवालीले जानकारी दिए । रुपन्देही शङ्करनगरका स्थायी बासिन्दा ८० वर्षीय पत्रकार ज्ञवाली पछिल्लो समय मुटु र फोक्सोमा समस्या देखिएपछि उपचारका लागि