एजेन्सी । जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो परम्परागत विधिबाट काठको कोइला बनाउँदै त्यसलाई जीवित राखेका छन् । इमो फेल्डमरले धिपधिप बलिरहेको कोइलालाई माटोले बनाइएको अग्लो ढिस्कोभित्र राख्दै कोइला उत्पादनको प्रक्रिया सुरु गरे । ढिस्कोभित्र ‘बिच’ जातको काठलाई खाँदेर राखिन्छ, जुन हप्तौँसम्म बिस्तारै बल्दै अन्ततः कोइलामा परिणत हुन्छ । पूर्वी जर्मनीको हार्ज