‘महाराजधिराज’को गोप्य भिडियो लिक गर्ने स्पटब्वायविरुद्ध मुद्दा, ५१ लाख क्षतिपूर्ति माग

  • सोमबार ११ साउन २०८३ १०:१० AM
काठमाडौँ । चलचित्र ‘महाराजधिराज’का निर्माताले आफ्नै टिमका स्पटब्वाय विरुद्ध मुद्दा दायर गरेका छन् । छायाङ्कनको गोप्य भिडियो मोबाइलमा तानेर टिकटकमा हालेपछि कथावस्तु र गोपनीयता भङ्ग भएको भन्दै स्पटब्वाय विरुद्ध मुद्दा दायर गरिएको हो । फिल्मका तर्फबाट नेत्रबहादुर विष्टले अधिकारीविरुद्ध किटानी जाहेरी दिएका हुन् । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नुवाकोटका सुदीप भनेर चिनिने २७ वर्षीय