सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग

  • सोमबार ११ साउन २०८३ ०८:३६ AM
काठमाडौँ । प्रतिनिधिसभा सदस्य ई. दीपक कुमार साहले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा सुरक्षा अधिकारीहरूको भूमिकामाथि छानबिन गरी आवश्यक परे निलम्बनसहित विभागीय कारबाही गर्न सरकारसँग माग गरेका छन्। सांसद साहले सोमबार गृह मन्त्री सुझन गुरुङलाई भेटेर उनले साउने सोमबारको बोलबम यात्राका क्रममा साउन १० गते राति करिब १० बजे दुई समुदायबीच भएको हिंसात्मक झडपमा ओमप्रकाश मेहताको मृत्यु तथा आठ जना घाइते भएको घटनाले दुःखी र मर्माहत बनाएको उल्लेख गरेका छन्। घाइतेमध्ये अधिकांशलाई गोली लागेको र उनीहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको पनि उनले भेटका क्रममा गृहमनन्त्रीलाई बुझाएको पत्रमा उल्लेख ... The post सुनसरी घटनामा सुरक्षा अधिकारीमाथि छानबिन र कारबाही गर्न सांसद दीपक साहको माग appeared first on Kalika Khabar.