काठमाडौं : सर्वोच्च अदालतले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्धको रिटमा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले संघीय संसद्का सदस्यहरूलाई स्वकीय सचिव राख्न दिने निर्णयका सम्बन्धमा सरकारसँग लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको हो।सरकारको उक्त निर्णयले राज्य कोषको चरम दुरूपयोग हुने दावी गर्दै उक्त निर्णय खारेजको माग गर्दै अधिवक्ता डा.प्रेमराज सिलवाल र अधिवक्ता मनिराम उपाध्यायले साउन ८ गते सर्वोच्चमा रिट दायर गरेका हुन्। गत असार ३२ गते बसेको