सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनापछि सबै पक्ष संयमित भएर सामाजिक सद्भाव कायम गर्दै शान्ति–सुरक्षा मजबुत बनाउन सहयोग गर्ने सहमति भएको छ। घटनापछि सोमबार दिउँसो सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय,इनरुवामा बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो।बैठकले गृहमन्त्रालयद्वारा गठित पाँच सदस्यीय छानबिन समितिलाई घटनाको निष्पक्ष छानबिनका लागि आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ। साथै,घटनालाई लिएर उत्पन्न प