१० करोडको नजिक ‘गौंथली’, यस्तो छ ‘रोल नं १’ र ‘भागदौड’को कमाइ

  • सोमबार ११ साउन २०८३ ०९:१० AM
काठमाडौँ । देशभर प्रदर्शनरत नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस विवरण सार्वजनिक भएको छ । सिनेपा@बक्सअफिसले २०८२ श्रावण १० गते आइतबार राति ११ः५९ बजेसम्मको तथ्याङ्क सार्वजनिक गरेको हो । सार्वजनिक विवरणअनुसार यस साताको बक्स अफिसमा साउन १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ ले हालसम्म ७ करोड ४२ लाख ७३ हजार ८५९.१४ रुपैयाँ कुल आर्थिक आम्दानी गरेको