कर्फ्यु उल्लंघनपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन, सर्वपक्षीय छलफल जारी

  • सोमबार ११ साउन २०८३ ०८:२३ AM
सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा जारी कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शन भएपछि स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार कर्फ्यु लागू गरिएपछि पनि प्रदर्शनकारीहरूले प्रदर्शन जारी राखेपछि हतियारसहित नेपाली सेनाको टोली परिचालन गरिएको हो। सेनाको उपस्थितिपछि उक्त क्षेत्रको सुरक्षा अवस्था नियन्त्रणमा आएको उनले जानकारी दिए। यसअघि कप्तानगञ्जमा दुई समूहबीच