अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ले सन् २०२६ का लागि विश्वका ५० उत्कृष्ट विलासी होटलहरूको सूची सार्वजनिक गरेको छ । यस वर्षको सूचीमा नेपालको हिमाली जिल्ला मुस्ताङमा अवस्थित ‘शिन्तामणि मुस्ताङ’ विश्वकै उत्कृष्ट होटल बन्दै पहिलो स्थान ओगट्न सफल भएको छ । विश्वभरका प्रसिद्ध र ऐतिहासिक होटल, रिसोर्ट र सफारी क्याम्पहरूलाई पछि पार्दै मुस्ताङको