मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने कार्य तीव्र गतिमा भइरेको छ : शिक्षामन्त्री पोखरेल

  • सोमबार ११ साउन २०८३ ०१:२१ PM
जनकपुर । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउन सरकारले तीव्र गतिमा कार्य गरिरहेको जानकारी दिएका छन् । सोमबार जनकपुरधामको संकटमोचन विद्यालयमा विद्यार्थीहरुलाई खेलकुद सामग्री वितरण गर्न पुगेका मन्त्री पोखरेलले सञ्चारकर्मीहरुसंग कुरा गर्दै साक्षर प्रदेशको संरचना निर्माण गर्न प्रदेश सरकारलाई प्रतिवेदन बुझाईसकेको बताए।  उनले मधेश प्रदेश सरकारलाई बुझाईएको प्रतिवेदन अनुसार कार्य पनि तीव्र गतिमा भइरहेको जानकारी दिए। मन्त्री पोखरेलले प्रदेश प्रमुख तथा इकाइ कार्यालयहरुसंग तथ जानकारी लिएर मात्र आफू फकिर्ने बताए। मन्त्री पोखरेलले खासगरी जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयको भवन निर्माणमा देखिएको समस्याबारे बुझ्न तथा अन्य स्थानमा पनि जग्गा निरीक्षण गर्न लागेको जानकारी दिए।  उनले विश्वविद्यालयको डिनसंग छलफल भएको र जनकपुरधामको मुजेलियास्थित जग्गा र फुलगमामा हाल तोकिएको निर्माणस्थलको निरीक्षण आजै गर्ने बताए। मन्त्री पोखरेलले राजर्षी विश्वविद्यालयको स्तरोन्नती तथा शिक्षाको स्तर थप मजबुत बनाउन चाँसो देखाएका छन्। मन्त्री पोखरेलले जनकपुरधामको संकट मोचन विद्यालयका छात्र तथा छात्राहरुलाई क्रिकेट ब्याट, फुटबल, ब्याडमिन्टर र्याकेट हस्तान्तरण गरेका छन्। मन्त्री पोखरेरलले सो विद्यालयमा छिट्टै खेल प्रशिक्षक पनि उपलब्ध गराउने विद्यार्थीहरुसंग प्रतिबद्धता जोहर गरे। उनले विद्यार्थीहरुसंग क्रिकेट पनि खेलेका छन्।