राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल

  • सोमबार ११ साउन २०८३ ०७:५४ AM
धनुषा । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। विश्वविद्यालयको वस्तुस्थिति बुझ्न र आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप परिष्कृत र व्यवस्थित ढङ्गले अगाडि बढाउने स्पष्ट पारे। विश्वविद्यालयका पदाधिकारीहरूसँगको परामर्शका क्रममा उनले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा प्राप्तिको विषयमा चासो व्यक्त गरे। विश्वविद्यालयको आफ्नै भवन नहुँदा परेका कठिनाइहरूबारे चर्चा गर्दै उनले जग्गा प्राप्तिको कानुनी प्रक्रियालाई छिटोभन्दा छिटो टुङ्ग्याएर निर्माण कार्य सुरु गरिने आश्वासन दिए। भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई विभिन्न खेलकुद सामग्री समेत हस्तान्तरण गरे। ... The post राजर्षि जनक विश्वविद्यालयको समस्या समाधान र शैक्षिक सुधारमा सरकार प्रतिबद्ध : मन्त्री पोखरेल appeared first on Kalika Khabar.