काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले आँटिला प्रधानमन्त्री, विद्वान अर्थमन्त्री र गभर्नरबाट युवाले वित्तीय क्षेत्रमा आमूल सुधारको अपेक्षा गरेको बताएका छन्। सङ्गिन घडीमा नेपाली जनता र मुख्यतः युवाहरूले यति अपेक्षा गर्नु किमार्थ अन्यथा नहुने उनको भनाइ छ। उनले लघुवित्त, मिटरब्याज, सहकारी, सुकुम्वासी, मुक्त कमैया र मुक्त हलियालगायतका समस्या एउटै गरिबी, बेरोजगारी र सामाजिक विभेदका फरक–फरक रूप भएको उल्लेख गरेका छन्। नेपालको बहुसङ्ख्यक जनसङ्ख्या यिनै समस्याबाट प्रभावित रहेको बताए। उनले भनेका छन्, ‘निरपेक्ष गरिबीको आधिकारिक तथ्याङ्क २० प्रतिशत र सापेक्ष गरिबीको अनौपचारिक तथ्याङ्क ७० प्रतिशतलाई आधार मान्ने हो भने हाल देशको सबभन्दा ठूलो ... The post आँटिला प्रधानमन्त्री, विद्वान अर्थमन्त्रीबाट युवाले आमूल सुधारको अपेक्षा गरेका छन्ः बाबुराम भट्टराई appeared first on Kalika Khabar.