वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा गत शनिबार भएको तोडफोड र चिकित्सकमाथिको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै हड्तालमा उत्रिएका चिकित्सक र स्वास्थ्यकर्मीले सोमबार पनि प्रदर्शन गरेका छन् । आइतबारदेखि अस्पतालको आकस्मिकसहित सबै उपचार सेवा ठप्प पारेर हड्तालमा उत्रिएका अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले घण्टाघर चोकमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । दोषीलाई कारबाही र शान्ति सुरक्षाको माग गर्दै उनीहरूले स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा मागे गरेका छन्।यसैबीच सोमबार अस्पतालका निम