काठमाण्डु– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेका छन् । आङदेम्बे राष्ट्रपति भेट्न सोमबार बिहान शीतलनिवास पुगेका थिए । दुईबीच करिब एक घण्टा कुराकानी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भेटमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ ।