चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत निरन्तर शिक्षा केन्द्रद्वारा पशुपालन क्षेत्रमा ‘एन्टिबायोटिक’को जिम्मेवार प्रयोग, ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध न्यूनीकरण र एक स्वास्थ्य अवधारणका विषयमा किसानलाई तालिम दिइएको छ । ती विषयमा एक स्वास्थ्य अवधारणालाई समुदाय स्तरसम्म विस्तार गर्ने उद्देश्यले एसियाली विकास बैङ्क, जिनेक्स र साथगुरुको सहयोगमा उक्त तालिम दिइएको हो । एन्टिमाइक्रोबियल भन्नाले ब्याक्टेरिया, भाइरस, ढुसी