काठमाडौं । नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १७९ दिनका निम्ति ३० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्दै छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएका कारण सोमबार उक्त रकमबराबरको निक्षेप संकलन गर्न लागिएको हो । बैंक तथा वित्तीय संस्थामा खर्बौं रुपैयाँ अधिक लगानीयोग्य पुँजी रहेकाले राष्ट्र बैंकले यसलाई पटक–पटक मौद्रिक उपकरणमार्फत प्रशोचन गरी व्यवस्थापन गरिरहेको छ