सुनसरी घटनाप्रति सांसद थापाको आक्रोश: ‘हातमा हतियार छ भन्दैमा गोली हान्न पाइँदैन, सीडीओले स्पष्ट जवाफ दिएनन्, एसपीले फोन उठाएनन्’

  • सोमबार ११ साउन २०८३ ०५:१६ AM
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्। घटनास्थलमै पुगेर सुरक्षा अधिकारीसँग छलफल गरेका सांसद थापाले