गेटामा तत्काल चिकित्सा शिक्षाको पढाइ नभए अनसन बस्ने मेयर हमालले दिए चेतावनी

  • सोमबार ११ साउन २०८३ १२:०१ PM
धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले चालु शैक्षिक सत्रदेखि कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएसको पढाइ सुरू नभए र ३०० शय्याको अस्पताल सञ्चालनमा नआए आफू पनि अनशनमा बस्ने घोषणा गरेका छन् ।सोमबार डोटीको बुडरबाट मेयर हमालले यस्तो घोषणा गरेका हुन् । उनले सुदूरपश्चिमका नागरिकले वर्षौँदेखि गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँचबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै सरकारले अब थप ढिलाइ गर्न नहुने बताए ।‘यसै शैक्षिक सत्रदेखि गेटामा एमबीबीएस