दाङ– वयोवृद्ध कम्युनिष्ट नेता शोभाराम बस्नेतको निधन भएको छ । बस्नेतको ८० वर्षको उमेरमा गृह जिल्ला दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बस्नेत लामो समयदेखि मधुमेह र मृगौलासम्बन्धी समस्याबाट ग्रसित थिए । पञ्चायविरोधी आन्दोलनमा लागेका बस्नेत केही समय भारत निर्वासित समेत भएका थिए । दाङका कम्युनिष्ट संस्थापकमध्येका बस्नेत आन्दोलनका क्रममा