काठमाण्डु–भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्ग शिलान्यासका क्रममा राखिएको पूर्वप्रधानमन्त्री केपी ओलीको नाम लेखिएको शिलालेख पुनर्स्थापना गर्ने गरिने बताएका छन् । सोमबार सुरुङमार्ग उदघाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त शिलान्यास पुनस्र्थापना गरिने बताएका हुन् । एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री रहेका बेला ४ कात्तिक २०७६ मा सुरुङमार्गको शिलान्यास गरेका थिए ।