भारतको असममा बाढीको वितण्डाः ६२ जनाको मृत्यु, ११ लाखभन्दा बढी प्रभावित

  • सोमबार ११ साउन २०८३ ०६:०४ AM
एजेन्सी । भारतको उत्तरपूर्वी राज्य असममा जारी विनाशकारी बाढीका कारण हालसम्म ६२ जनाको मृत्यु भएको छ भने अन्य आठ जना बेपत्ता भएका छन् । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माका अनुसार बाढीबाट राज्यका ११ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् । हाल राज्यका २५ जिल्लाहरू बाढीको चपेटामा परेका छन् र स्थिति अझै गम्भीर बनेको छ ।