काठमाण्डु– ग्लोबल आईएमई बैंकले नागरिक एपसँगको सहकार्यमा अनलाइनबाटै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवा सुरु गरेको छ । यससँगै नागरिक एपमा आबद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन् । बैंकका अनुसार नागरिक एप प्रयोगकर्ताले एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी ग्लोबल आईएमई बैंकको वेबसाइटमा प्रवेश