झापा : काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्राइएको ठूलो परिमाणको चिनीसहित दुईवटा सवारीसाधन सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले काँकडभिट्टाबाट बिर्तामोडतर्फ ल्याउँदै गरेको चिनी बोकेको एउटा पिकअप र एउटा मोटरसाइकल पूर्व पश्चिम राजमार्गअन्तरगत अर्जुनधारा नगरपालिका–११ कालाझोडाबाट आइतबार बिहान करिब ३:३० बजे नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस शनिश्चरेका सप्रनि अमरबहादुर भुजेलको कमान्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाको आधारमा प्र&ndash