काठमाडौं : चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित सडकखण्डमा सोमबार बिहान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। स्कुटर र मिनी ट्रक ठोक्किँदा स्कुटरमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।सोमबार बिहान ०२:५८ बजेतिर सतुंगलबाट कलंकीतर्फ आउँदै गरेको बा.प्र.०२-०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशातर्फ आउँदै गरेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका स्कुटर चालक र पछाडि सवार महिलालाई तत्काल उद्धार गरी कलंकीस्थित शहीद मेमोरियल अस्पताल पुर्याइ