काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाप्रति सुनसरी–२ का प्रतिनिधिसभा सदस्य लालविक्रम थापाले गम्भीर आपत्ति जनाएका छन् । उनले घटनालाई अत्यन्तै खेदजनक भन्दै निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका छन् । घटनास्थलमै पुगेर सुरक्षा निकायका अधिकारीसँग छलफल गरेका सांसद थापाले नागरिकमाथि गोली चलाउनुपर्ने