नारायणी अस्पताल घटनामा एक जना पक्राउ

  • सोमबार ११ साउन २०८३ ०४:५४ AM
वीरगन्ज । नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमणको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहल र निरन्तर समन्वयपछि घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको हो। घटना लगत्तै मन्त्री मेहताले गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारीहरू, नारायणी अस्पताल प्रशासन