गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह (सूचनासहित)

  • सोमबार ११ साउन २०८३ ०३:१९ AM
काठमाण्डु – आफूखुसी कार्यालयमा गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयको सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ । कार्यालयले सोमबार सूचना जारी गर्दै सम्बन्धित प्रहरी कर्मचारीहरू तोकिएको मितिदेखि बिनाजानकारी कार्यालयमा अनुपस्थित रहेको जनाएको छ । खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम ११५ को उपनियम (२) बमोजिम आवश्यक प्रक्रिया पूरा गरी सूचना