दुई मन्त्रीको निरीक्षणपछि पनि कोदारी राजमार्ग खुल्ने टुंगो छैन

  • सोमबार ११ साउन २०८३ ०३:४१ AM
काठमाडौं । विगत ११ दिनदेखि अवरुद्ध रहेको कोदारी राजमार्ग सञ्चालनमा ल्याउने प्रयासलाई तीव्र पार्दै सरकारको उच्चस्तरीय टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहितको टोलीले साउन १० गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत डाक्लाङ र कोदारी इको क्षेत्रमा पुगेर पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको