डा. गोविन्द केसीको अधिकांश मागमा सहमतिनजिक सरकार, अब के हुन्छ ?

  • सोमबार ११ साउन २०८३ ०३:५३ AM
काठमाडौं । सरकार र अनशनरत डा.गोविन्द केसी पक्षबीच भएको वार्ता सकारात्मक भएको छ । दुवै पक्ष अधिकांश मागमा सहमतिनजिक पुगेका छन् । वार्तामा गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रारलाई हटाउने विषयमा लगभग सहमति बनेको बताइएको छ । साथै, विश्वविद्यालय ऐन संशोधन नभएसम्म उपकुलपति डा. सुनिलकुमार जोशीलाई यथावत् राख्ने विषयमा पनि छलफल भइरहेको छ