काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालन आजदेखि हुने भएको छ। पूर्वाधार विकासमन्त्री सुनील लम्साल र जाइकाका अध्यक्ष डा. तानाका अकिहिले संयुक्त रूपमा बिहान १०:२५ बजे उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपछि निर्माणपक्षले सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने बताइएको छ। २०७६ कार्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए। प्रारम्भिक सम्झौताअनुसार ४२ महिनामा निर्माण सम्पन्न हुनुपर्ने भएपनि कोभिड–१९, मुआब्जा विवादलगायतका का