हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

  • सोमबार ११ साउन २०८३ ०२:४३ AM
बागमती । साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ । हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै अन्य मन्दिर तथा शक्तिपीठहरूमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको चाप देखिएको हो । हेटौँडा क्षेत्रमा रहेका भुटनदेवी, गोरक्षधाम क्षेत्रलगायत विभिन्न मठमन्दिर परिसरमा शिवालयहरू रहेका छन् । हरेक वर्ष साउनको सोमबार मन्दिरमा दर्शनार्थीहरूको भीड हुने