काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यतिबेला देशको हिमाली तथा पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र