सुनसरीमा दुई समूहबिच झडप हुँदा एक जनाको मृत्यु, ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

  • सोमबार ११ साउन २०८३ ०१:४७ AM
काठमाण्डु – सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता छन्। सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ आइतबार राति मृत्यु भएको हो । दुई