सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा आइतबार राति दुई समूहबीच भएको झडपमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्।साउने सोमबारको ब्रतका लागि हिन्दू धर्मावलम्बीहरूले निकाल्ने बोलबम यात्रामा सहभागी एक समूहलाई आइतबार राती अर्को समूहले आक्रमण गरेपछि झडप सुरु भएको बताइएको छ। झडपले उग्ररूप लिएपछि स्थानीयका घर तथा पसलमा समेत आगजनी गरिएको थियो।घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।