सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका सबै क्षेत्रमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार सोमबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुवै गाउँपालिकाभर पाँच जनाभन्दा बढीको समूहमा हिँडडुल गर्न तथा भेला हुन रोक लगाइएको छ।आइतबार राति साउने सोमबारको अवसरमा बोलबम यात्रामा सहभागी हिन्दु धर्मावलम्बीमाथि अर्को समूहले आक्रमण गरेपछि देवानगन्ज–३, कप्तानगन्ज क्षेत्रमा तनाव उत्पन्न भएको थियो। त्यसपछि दुई समूहबीच भएको झडपले उ