सकियो पहिलो सिजनको नेपाल भलिबल लिगको अक्सन, यस्ता देखिए ६ टोली

  • आइबार​ १० साउन २०८३ १०:०१ PM
काठमाडौं : नेपाल भलिबल लिग (एनभिएल)को पहिलो सिजनको अक्सन सकिएको छ। पहिलो सिजनको अक्सनमा क्याटगोरी ‘ए'बाट २४ जना र क्याटगोरो  ‘बी' बाट १८ जना खेलाडी ६ टोलीमा अनुबन्ध भएका छन्।पहिलो सिजनको एनभिएलका लागि क्याटेगोरी ‘ए' का खेलाडीको लागि न्यूनतम १ लाखबाट बोली सुरु हुने थियो। अधिकतममा १ लाख २० हजारसम्म क्याटेगोरी ‘ए‘  को खेलाडीलाई बोली लगाउन पाइने थियो। क्याटगोरी ‘बी' मा भने ५० हजारबाट खेलाडीको बोली लगाइएको थियो। जसको अधिकतम बोली ७० हजारसम्