धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका-६ साँधभन्ज्याङस्थित मिलनटोलमा रोपाइँमा सहभागी १५ जना बिरामी परेका छन्। उनीहरूमा बान्ता, पखाला, ज्वरो, टाउको दुख्ने, रिंगटा लाग्ने तथा वाकवाकी हुने जस्ता लक्षण देखिएपछि धादिङ अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।स्थानीयका मिरा रम्तेलको खेतमा रोपाइँका क्रममा सहभागीहरूले भात, कुखुराको मासु, तरकारी, अचार र चटनी खाएका थिए। साथै, खेतमाथि रहेको मुहानको पानीसमेत पिएका थिए। सोही रातिदेखि सहभागीहरूमा स्वास्थ्य समस्या देखिन थालेको हो।सुरुमा स्थानीय मेडिकलमा उपचार गरिए प