धनगढीमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य २९.९९ लाख

  • आइबार​ १० साउन २०८३ १०:०१ PM
धनगढी: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीस्थित आफ्नो आधिकारिक सोरुममा आयोजित विशेष समारोहबीच नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयुभी सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ.मास ५ ले सहरी जीवनशैली र दैनिक यात्रालाई अझ सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य लिएको कम्पनीले जनाएको छ। हालै मलेसियाको प्रतिष्ठित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Yea