भक्तपुर : नाट्यकर्मी समाज नेपालको आयोजनामा भक्तपुरको लिवालीस्थित आस्था थिएटरमा ११ दिने नाटक महोत्सव सुरु भएको छ। महोत्सव साउन १९ गतेसम्म सञ्चालन हुनेछ।महोत्सवमा विभिन्न सामाजिक तथा समसामयिक विषयवस्तुमा आधारित १० वटा नाटक मञ्चन गरिने आयोजकले जनाएको छ। महोत्सवको पहिलो दिन खेल खतम नामक नाटक प्रदर्शन गरिएको छ। पहिलो र अन्तिम दिन यो नाटक प्रदर्शन हुनेछ। आइतबार क्षेरावती नामक नाटक प्रदर्शन गरिएको छ। यसरी नै क्रमशः १२ बजे, खुँगाता ज्व ज्व, तन्त्र टाब्लेट (नेपाली भाषा), खुँ, तन्त्र टाब्लेट, ट