कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

  • आइबार​ १० साउन २०८३ ०१:३६ PM
कपिलवस्तुमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शुद्धोधन गाउँपालिका ६ बिमियास्थित हुलाकी सडक खण्डमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु.प्र. ०१–००४ प ३८५६ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई ठक्कर दिँदा