शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न व्यक्तिमाथि कानुन अनुसार कारवाही गरिने बताएका छन्। मन्त्रालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री पोखरेलले घटनासँग सम्बन्धित दुई जनालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। उनका अनुसार प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको सूचना प्राप्त