नगरपालिकाको बस सेवाले हटायो कर्मचारीको दैनिक यात्राको सास्ती

  • आइबार​ १० साउन २०८३ ०७:०१ PM
धादिङ : संघीय राजधानी काठमाडौंमा बसोबास गर्दै धादिङको स्थानीय तहमा नियमित जागिर गर्नु सहज मानिँदैन। तर धादिङको धुनिवेशी नगरपालिकाले सञ्चालनमा ल्याएको कर्मचारी बस सेवाले यो सम्भव बनाएको छ। बस सेवाका कारण अधिकांश कर्मचारी काठमाडौंमै बसोबास गर्दै दैनिक समयमै कार्यालय पुगेर सेवामा खटिने गरेका छन्।काठमाडौंसँग सीमा जोडिएको धुनिवेशी नगरपालिकामा कार्यरत अधिकांश कर्मचारी काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्छन्। उनीहरू दैनिक काठमाडौंबाट कार्यालय आउजाउ गर्छन्। विगतमा सार्वजनिक यातायातमा निर्भर रहँदा समयमा