मेचीनगरबाट भन्सारछलीका कपडा बरामद

  • आइबार​ १० साउन २०८३ १२:०४ PM
झापा । भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको रु एक लाख ४१ हजार ४० बराबरको कपडा जिल्ला प्रहरी कार्यालय झापाले बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ हनुमान मन्दिर क्षेत्रबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले एक लाख ४१ हजार ४० बराबरको कपडा नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी