गत आवमा ठूला करदाता कार्यालयले मात्रै उठायो २ खर्ब ४६ अर्ब बढी राजस्व

  • आइबार​ १० साउन २०८३ १२:०८ PM
काठमाडौं । गत आर्थिक वर्ष २०८२–०८३ मा ठूला करदाता कार्यालयले २ खर्ब ४६ अर्ब ७९ करोड राजश्व संकलन गरेको छ । ठूलो करदाता कार्यालयले उठाएको उक्त राजस्व कुल राजस्वको ३९ दशमलव ८१ प्रतिशत हिस्सा हो । त्यसो त अघिल्लो आर्थिक वर्षमा पनि ठूला करदाता कार्यालयले आन्तरिकफर्त ४० प्रतिशत हाराहारी राजस्व उठाउन सफल भएको थियो ।