काठमाडौँ : सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ । यसअघि प्रहरीले ठगी तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको छ। सशस्त्र प्रहरीकै पत्रका आधारमा उनीहरू गत २० असारमा ... The post इन्सपेक्टर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न १० दिन म्याद थप appeared first on Kalika Khabar.