काठमाडौं : काभा पुरुष भलिबलमा नेपालको चौंथो हार व्यहोर्दा सेमिफाइनल खेल्ने सम्भावना न्यून बनेको छ । प्रतियोगिताको चौथो खेलमा बंगलादेशसँग ३–२ मा पराजित भएको हो । बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३ र १५–११ ले हराएको हो । नेपालले पहिलो र तेस्रो सेट जितेको थियो । बंगलादेशले भने दोस्रो, चौथो र पाँचौं सेट जित्दै खेल जितेको हो । निकै प्रतिस्पर्धात्मक खेल खेलेको नेपाल प्रतियोगिता अवधिमा हालसम्म जितविहीन रहेको छ ।जितविहीन बन्ने नेपाल पहिलो देश हो