रोल्पा : रोल्पा नगरपालिका-२ धनाराका ६० वर्षीय दुर्गा बुढाले करिब तीन वर्षसम्म हिउँदको चिसो, बर्खाको झरी र गर्मीको चर्को घामलाई थोत्रो प्लास्टिकको टहरामुनि सहँदै दिन बिताए। बोल्न नसक्ने र कान पनि नसुन्ने अपांगता भएका बुढाको दयनीय जीवन अब भने परिवर्तन भएको छ। स्थानीय समाजसेवी, विभिन्न संघसंस्था र गाउँलेहरूको उत्साहजनक श्रमदानबाट उनको लागि सुरक्षित घर निर्माण गरी आइतबार हस्तान्तरण गरिएको छ।एक कोठा सुत्ने र एक कोठा भान्सासहितको एकतले घर निर्माण सम्पन्न भएपछि आयोजित कार्यक्रममा घरको साँचो दुर्गा बुढा